
कैलाली । उद्योगी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गर्दै बदमासी गरेको प्रमाणित भए आफ्नो अनुहारमा आफैं मोसो पोतेर बजार घुम्ने बताउनुभएको छ ।
बिहीबार धनगढीमा एक कार्यक्रमका बीच स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले जिम्मेवारीमा बसेका बेला आफूले गरेको काम गलत सावित भए मोसो पोतेर बजार घुम्ने बताउनुभएको हो ।
हमालले धनगढी मोडल स्थापित गर्न मेयरमा फेरि स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताउनुभयो । धनगढीलाई देशकै नमुना शहर बनाउने आफ्नो योजना सार्वजनिक गर्दै पाँच वर्ष स्वयंसेवी भएर उपमहानगर बनाउन लागिपर्ने उहाँको भनाइ छ ।
हमालले मेयर भएपछि सरकारी सेवासुविधाको प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गर्दै कल्याणकारी प्रवत्तिमा काम गरेर देखाउने बताउनुभयो ।
घोषणा सभामा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले हमालको अभियानमा राष्ट्रिय दायित्व सम्झेर सहभागी भएको बताउनुभयो । उहाँले धनगढी मोडल स्थापित गर्ने हमालको सपना पूरा गर्न निःशुल्क रुपमा साझेदारी गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्