
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र आफुबीच छलफल जारी भएको र पार्टीका अन्य कमरेटहरुसँग पनि छलफल भइरहेको बताउनुभएको छ ।
श्रेष्ठले बिहीबार सामाजिक सञ्जालमार्फ सो कुराको जानकारी दिनुभएको हो ।
श्रेष्ठले पार्टीभित्र देखिएको मतभेद र अन्तर्बिरोधलाई लिएर विभिन्न सञ्चार माध्यममार्फत विभिन्न ढङ्गले प्रचार भैरहेको भन्दै त्यस बिषयलाई अतिरञ्जित ढङगले नबुझ्न सबैसँग अनुरोध गर्नुभएको छ ।
उहाँले ‘हाम्रो पार्टी भित्र देखिएको मतभेद र अन्तर्बिरोध लाई लिएर बिभिन्न सञ्चार माध्यम मार्फत बिभिन्न ढङ्गले प्रचार भैरहेको सम्बन्धमा बिषयलाई अतिरञ्जित ढङगले नबुझ्न सबैसंग अनुरोध गर्दछु ।अध्यक्ष क.प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरुसँग पनि छलफल भैरहेको छ ।’
हाम्रो पार्टी भित्र देखिएको मतभेद र अन्तर्बिरोध लाई लिएर बिभिन्न सञ्चार माध्यम मार्फत बिभिन्न ढङ्गले प्रचार भैरहेको सम्बन्धमा बिषयलाई अतिरञ्जित ढङगले नबुझ्न सबैसंग अनुरोध गर्दछु ।अध्यक्ष क• प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरुसँग पनि छलफल भैरहेको छ ।
— NKShresthaPrakash (@nksthaprakash) March 3, 2022
प्रतिक्रिया दिनुहोस्