
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज(शुक्रबार) दिउँसो १ बजे बस्नेगरी सरेको छ ।
बैठक शुक्रबार ११ बजे बस्ने भनिएतापनि १ बजेका लागि सरेको माओवादी नेतृ रेखा शर्माले इमेजखबरलाई जानकारी दिनुभयो ।
अमेरिकी सहयोग संझौता,मिलेनियम च्याचेञ्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन भएपछि माओवादीका केही नेताहरु यसको विरोधमा छन् । पार्टीमा एमसीसीको विरोध भइरहेका बेला माओवादी बैठक बस्न लागेको हो ।
माओवादीमा खासगरी नेताहरु नारायणकाजी श्रेष्ठ,गिरिराजमणि पोखरेल,कृष्णबहादुर महरा,लिलामणी पोखरेल लगायतले एमसीसीको विरोध गर्दै आइरहेका छन् । माओवादी बैठकमा पदाधिकारी चयनको विषयमा छलफल हुनेछ । गत पुस ११ देखि १८ गतेसम्म सम्पन्न भएको माओवादीको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो । माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ । बैठक भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्