
काठमाडौं ।युक्रेन माथि रुसले आक्रमण शुरु गरेपछि दश लाख युक्रेनीहरुले युद्धबाट जोगिन देश छाडेका छन् ।
अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार युक्रेनी नागरिकमा रुसी आक्रमणका कारण निकै डर र त्रास फैलिएको छ । रुस र युक्रेनबीच युद्ध अझै चलिरहेको छ । रुसले लगातार युक्रेनमाथि बमबारी र मिसाइल प्रहार गरिरहेको छ । जसका कारण युक्रेनीहरु छिमेकी देशहरुमा पलायन भएका हुन् । युक्रेनबाट भागेका मानिसहरू पोल्याण्ड, हंगेरी, रोमानिया, मोल्डोभा र स्लोभाकिया लगयतका देशहरूमा पुगेका छन् । त्यसमा महिला र वालवालिकको संख्या धेरै रहेको छ ।
रुसी आक्रमणमा परेर युक्रेनको राजधानी कीभ र खारकीभ शहरमा निकै मानिसहरु हताहत भएका छन् ।विभिन्न संचारमाध्यमहरुका अनुसार युरोपेली संघले युद्धग्रस्त अवस्थाबाट भगेका युक्रेनीहरूलाई ३ वर्षसम्म २७ राष्ट्रको समूहमा बस्न र काम गर्न अधिकार दिने भएको छ । युरोपेली संघले युक्रेन छोड्न बाध्य भएका मानिसहरूलाई सहयोग गर्ने बताएको छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्