
रौतहट । माग सम्बोधन नभएको भन्दै जुध्द माध्यमिक विद्यालयमा आगजनी भएको छ ।
शुक्रबार रौतहटको गौरमा रहेको जुध्द माध्यमिक विद्यालयमा माग सम्बोधन नभएको भन्दै विद्यार्थीहरुले आगजनी गरेका हुन् ।
आगजनीबाट विद्यालयको कागजात र केही फर्निचरहरुमा जलेर नष्ट भएको छ । विद्यार्थीहरुले आगजनी गरेपछि विद्यालय क्षेत्र तनावग्रस्त बनेको छ ।
आगजनी गरेको विषयमा प्रहरीले अनेरास्ववियु मधेश प्रदेश कमिटी सचिव रबि मिश्र र आशिष झासहित चार जनालाई पक्राउ गरेको छ ।
विद्यालयले विभिन्न बहानामा शुल्क लिएको भन्दै त्यसको विरोधमा उत्रिनु परेको अनेरास्ववियु मधेश प्रदेश कमिटी सचिव रबि मिश्रले बताउनुभयो । प्रहरी उपरिक्षक बिनोद घिमिरेले घटनामा संलग्न चार जनालाई पक्राउ गरी अनुसन्धान गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्