२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रदेश १ मा शैक्षिक सुधारका लागि करिब २८ करोड बजेट


65
Shares

धनकुटा । प्रदेश–१ को समाजिक विकास मन्त्रालयले प्रदेशका ४ सयबढी शैक्षिक संस्थामा भौतिक सुविधा विस्तार कार्यक्रमका लागि करिब २८ करोड रुपैयाँ खर्च गर्ने भएको छ ।

प्रदेश १ का १४ जिल्लाका समुदायद्वारा सञ्चालित पुुस्तकालय, क्याम्पस, विद्यालय, सिकाई केन्द्र, गुुरुकुुल र गुम्वा लगायत ४ सय २० वटा संस्थालाई प्रस्तावमा आधारित अनुदान वितरण गर्न लागेको हो ।

छनोटमा परेका शैक्षिक संस्थाले पूर्वाधार सुधार, खेल मैदान तथा रंगशाला निर्माण र स्तरोन्नती, खानेपानी र शैक्षिक सामग्री व्यवस्थापन शीर्षकमा अनुुदान पाउने प्रदेश शिक्षा निर्देशनालय धनकुटा प्रमुख राजेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।