
कैलाली । धनगढीमा जारी पाँचौं मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट ‘ए’ डिभिजन क्लब न्युरोड टिम एनआरटी बाहिरिएको छ ।
धनगढी रंगशालामा शुक्रबार बागमती युथ क्लबसँग पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित भएपछि एनआरटी बाहिरिएको हो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित समय २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीमा बागमतीका अमुल श्रेष्ठ, बिजय घलान, हिमाल घलान र अनिल राना मगरले गोल गरे । उसका सुमन राई पेनाल्टीमा चुके ।
एनआरटीका शिव गुरुङ, दिपेश घले र मेसुके ओलोमोउले गोल गरे । तर, आन्द्रे थिएरी र सन्जिब विष्टले पेनाल्टीमा गोल गर्न सकेनन् ।
पेनाल्टी अघि एनआरटीले दुई गोलको अग्रता जोगाउन सकेन । जसको कारण एनआरटी पहिलो खेलबाटै बाहिरियो ।
प्रतिक्रिया दिनुहोस्