
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले कृषि बाली अन्तर्गत अनुदानदेखि स्थानीय उपजहरूको बजार मुल्य तोकेको छ ।
गाउँपालिकाको ८२ हजार वर्गमिटर जमिनमा टनेलभित्र मौसमी र बेमौसमी तरकारी बाली लगाइएको छ । गाउँपालिकामा प्लाष्टिक घर भित्र गोलभेडालगायतका तरकारी खेतीको आकर्षण बढ्दै गएको छ । वैदेशिक रोजगारबाट फर्केका युवाहरू पनि टनेल तरकारी खेतीमा आकर्षित भएका हुन् ।
गाउँपालिकाले कोदो, फापर, जौ स्थानीय रैथाने बालीको बजारमुल्य निर्धारण गरेको छ । त्यसैगरी फलफूल, मासु र दूधमा अनुदान कार्यक्रम लागू गरेको छ ।
कृषकहरूले गाउँपालिकामा प्रविधिको अत्याधिक मान गर्न थालेको गाउँपालिका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।
स्थानीय तहको निर्वाचनसँगै कृषिको समृद्धि कसरी गर्ने भन्नेमा ध्यान केन्द्रीत रहेको गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाइले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्