१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


‘जनजातिभित्र भोटे समुदायको विशिष्ट पहिचान छ’


286
Shares

काठमाडौं । नेपाल आदीबासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगतबहादुर बरामले जनजातिभित्र भोटे समुदायको विशिष्ट पहिचान रहेको बताउनुभएको छ ।

ग्याल्पो ल्होसार २१ सय ४९ को अवसरमा नेपाल भोटे जनजाति सेवा संघले काठमाडौंमा गरेको कार्यक्रममा बरामले भोटे समूदायको आफ्नै मौलिक संस्कृति र पहिचान रहेको उल्लेख गर्नुभयो ।

भोटे समूदायको उत्थान र अधिकारको लागि एक भएर लाग्नुपर्ने उहाँले बताउनुभयो नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने भोटे समूदायमाथि राज्यले सौतेनी व्यवहार गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा संखुवासभाको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले दुर्गम क्षेत्रमा बसोबास गर्ने भोटे समूदायको हक, अधिकार सुनिश्चितताको लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

दुर्गम क्षेत्रमा बसोबास गर्ने भोटे समूदाय अझै पनि शिक्षा र स्वास्थ्यबाट बन्ञ्चित भएको भन्दै गाउँपालिकाले उनीहरूको चेतना विस्तारको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाल भोटे जनजाति सेवा संघका अध्यक्ष छिरिङ पान्दे भोटे, सल्लाहकार मिथुन चाम्बा भोटेले भोटखोलमा बस्ने यस समूदायको उत्थानको लागि विशेष योजना बनाउन माग गरेका थिए ।