
एजेन्सी । चीनले सन् २०२२ मा आफ्नो रक्षा बजेट ७.१ प्रतिशतले बढाउने घोषणा गरेको छ ।
अमेरिकापछि सबैभन्दा ठूलो रक्षा बजेट चीनको रहेको छ । समाचार एजेन्सी एएफपीका अनुसार चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर विनियोजन गरेको छ ।
सकारात्मक आर्थिक वृद्धि र सुरक्षा खतरा बढेका कारण चीनले आफ्नो रक्षा बजेट बढाएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । यसअघि २०२१ को मार्चमा चीनले रक्षा बजेट २०९ अर्ब डलर प्रस्तुत गरेको थियो ।
गत वर्ष चीनको रक्षा बजेट ६.८ प्रतिशतले वृद्धि भएको थियो भने सन् २०२० मा कोरोनाको बावजुद यो ६.६ प्रतिशत थियो । चीनको रक्षा बजेट यसको वार्षिक जीडीपी अनुमान भन्दा बढी छ ।
गत हप्ता जर्मनीले पनि रूसको आक्रामकतालाई ध्यानमा राख्दै रक्षा बजेटमा ठूलो वृद्धि गरेको थियो । जर्मनीले यस वर्ष आफ्नो सशस्त्र फौजको विशेष कोषलाई १०० अर्ब युरो दिने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्