१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुस र युक्रेन युद्धको आगोमा घ्यू थप्ने काम नगर्न पश्चिमा देशलाई चीनको आग्रह


2.353k
Shares

काठमाडौं । चीनले रुस र युक्रेन युद्धलाई धेरै नभड्काउन पश्चिमा देशहरुलाई आग्रह गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसंगको टेलिफोन वार्ताका क्रममा युद्धको आगोमा घ्यू थप्ने गतिविधि नगर्न आग्रह गर्नुभएको हो ।

चिनियाँ दैनिक ग्लोबल टाइम्सका अनुसार विदेशमन्त्री यीले आफूहरु रुस र युक्रेनबीच सिधा वार्ताको पक्षमा रहेको भन्दै संवादबाट मात्रै समस्या समाधान हुने प्रष्ट पार्नुभएको छ । रुसको निकट सहयोगीका रुपमा रहँदै आएको चीनले युक्रेनमाथि रुसी आक्रमणको आलोचना गरेको छैन ।

बरु राष्ट्रसंघमा युक्रेन युद्धलाई लिएर भएका महत्वपूर्ण मतदानमा चीन अनुपस्थित हुँदै आएको छ । चीन युरोपमा युद्धको पक्षमा नरहेको देखाउन चाहन्छ भने रुससँगको सैन्य सहकार्य पनि बलियो बनाउन चाहन्छ ।

चिनियाँ विदेशमन्त्री यीले रुस र युक्रेनबीच इमान्दार वार्ता गराउन र रुसको सुरक्षा चासो सम्बोधन गर्न अमेरिका, नेटो र युरोपियन युनियनलाई आग्रह गर्नुभएको पनि ग्लोबल टाइम्सले जनाएको छ ।