१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सलमान खानको ‘टाइगर ३’ फिल्म ईदमा प्रर्दशन हुने


104
Shares

काठमाडौं । भारतीय अभिनेता सलमान खानको नयाँ फिल्म ‘टाइगर ३’ आगामी वर्ष सन् २०२३ मा ईदको अवसरको मौका पारी प्रदर्शन हुने भएको छ ।

सलमान खान र कट्रिना कैफ अभिनित यो फिल्मले आगामी वर्ष धुम मच्चाउने अनुमान गरिएको छ । सलमान खान र कट्रिना कैफले आफ्नो नयाँ फिल्म ‘टाइगर ३’ ईदको मौका पारेर प्रर्दशन गर्ने भएका छन् । सो फिल्मको र्फस्ट लुक्सको टीजर भने सार्वजनिक भइसकेको छ ।

यस टिजरमा सलमान खान पुरै स्वैग लुक्समा देखिएका छन्, भने कट्रिना एक्शन अवतारमा देखिएकी छिन् । आफ्नो लुक्सको साथै सलमानले फिल्म प्रर्दशन हुने दिन पनि घोषण गरेका हुन ।

आगामी वर्ष सन् २०२३ ईदको दिन सो फिल्म प्रदर्शनमा हुने बताउदै फिल्मको टिजर सर्वजनिक गर्दै क्याप्सनमा सलमानले यस्तो लेखेका छन् : ‘हामी सबै आफ्नो ख्याल राख्खौ ‘टाइगर ३’ २०२३ मा आउँदै छ’ । सो फिल्म हिन्दी, तमिल र तेलगु भाषामा प्रर्दशन हुनेभएको छ ।

सलमानको यो फिल्मलाई उनका फ्यानहरुले लामो समयदेखि पर्खिरहेका थिए। सलमानले फ्यानलाई ईदको मौका परेर उपहार स्वरुप यो फिल्म दिने भएका छन् ।

भारतीय अभिनेता सलमान खानको अर्को फिल्म ‘कभी ईद कभी दिवाली’ ३० डिसेम्बर २०२२ मा प्रर्दशन हुने भएको छ ।