१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँको दमौलीमा आगलागी


1.664k
Shares

काठमाडौं । तनहुँको दमौली चोकमा आगलागी भएको छ ।

दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि लागेको आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित छन् ।

आगो निभाउने प्रयास जारी रहेको तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म मानवीय क्षति भएको छैन ।

स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ । सिम्रिक एयरको हेलिकप्टरले आकाशबाट पानी हालेर आगो निभाउने प्रयास गरिरहेको छ ।