
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले अर्लि इलेक्शनको सम्भावना नभएको बताउनुभएको छ ।
आइतबार संसद भवन बाहिर सञ्चारकर्मीसँग बोल्दै बैशाखमा स्थानीय तहको निर्वाचन हुँदा अर्लि इलेक्शन गर्ने समय नहुने उहाँले बताउनुभयो ।
सांसद पुनले संसद लामो समयदेखि अनिर्णयको अवस्थामा रहँदा विघटन गरेर अर्लि इलेक्शनमा जाने कुरा राजनीतिक रुपले ठिकै भएपनि नेपालको भौगोलिक जटिलता र मौसमी अवस्थाका कारण पनि त्यसो गर्न नसकिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्