
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन सम्बन्धी वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
उहाँले आइतबार राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन पेश गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाले आइतबारनै सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक बर्ष २०७७/७८ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पनि पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष देउवाले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक बर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालय प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सो अवसरमा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्