१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इलाममा आर्थिक अभावका कारण एपोलो हस्पिटल बन्द


637
Shares

इलाम । इलाम सदरमुकाम स्थित सिङफ्रिङ्गमा सञ्चालनमा रहेको इलाम एपोलो हस्पिटल एन्ड ट्रमा सेन्टर आर्थिक अभावका कारण डेढ बर्ष पनि राम्ररी सञ्चालनमा नआई बन्द भएको छ ।

निकै तामझामका साथ डेढबर्ष अघि अस्पतालको उद्घाटन गरीएकोथियो । तीनजनाको संयुक्त लगानीमा स्थापित अस्पताल सञ्चालनका क्रममा लगानीकर्ता बीचको आन्तरीक बिबाद, कोरोना कहरका कारण सेवाग्राहीको चाप कम र अस्पताल सञ्चालनमा आर्थिक कठिनाई भएपछि पूर्णरुपमा अस्पताल बन्द भएको छ ।

एक सुचना जारी गरि अस्पतालको सेवा अनिश्चित समयका लागि बन्द गरिएको भनिएको छ तर त्यहाँ जडान गरिएका उपकारण अन्यत्रै लान सुरु गरिएको छ ।

स्थापनाको समयमा सो अस्पतालले फिजिसियन, अर्थाेपेडिक, स्त्रीरोग र रेडियोलोजीको सेवा दिदैं आएकोथियो ।