
काठमाडौं । सोमबार शेयरबजारमा झिनो अंकले सुधार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १.५४ र सेन्सिटिभ २.१४ अंकले बढेको हो ।
सोमबार २ सय ३० शेयर कारोबारमा सामेल भएकामा ५३ लाख १५ हजार कित्ता मात्रै बिक्री भएका छन् । यसदिन ४० हजार १ सय ३० पटकको किनबेचमा २ अर्ब ६० करोडको कारोबार भएको हो ।
बुद्धभूमि नेपाल हाइड्रोका लगानीकर्ताले सर्वाधिक ५.८९ प्रतिशत कमाएका छन् । त्यसैगरी बोटलर्स नेपालका लगानीकर्ताले ५.४८ प्रतिशत, सामुदायिक लघुवित्तका सेयरधनीले ४.३४ प्रतिशत, इमर्जिङ नेपालका सेयरधनीले ४.०१ र नेपाल टेलिकमका शेयरधनीले ३.१८ प्रतिशत आम्दानी गरेका छन् । सोमबार कमाउने दरभन्दा गुमाउने दर बढी छ । पाँचथर पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक ६.९० प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ४.४७ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.१३ प्रतिशत, वरुण हाइड्रोका लगानीकर्ताले ३.९१ प्रतिशत र माउन्टेन हाइड्रोका लगानीकर्ताले ३.४६ प्रतिशत गुमाएका छन् ।
शिवम् सिमेन्टको सोमबार २७ करोड रुपैयाँको कारोबार भएको छ । भने दोस्रो स्थानमा रहेको नेपाल टेलिकमको १२ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्