११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना संक्रमण, ३७६ जना संक्रमणमुक्त


169
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १४५ पीसीआर परीक्षण गर्दा ६६ जना र २ हजार ४९३ एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ ।

सोमबार ३७६ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ६ हजार १५० रहेको छ ।