
तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिका–१ केउरेनी, डाँडाखर्कमा सोमबार राति ८ बजे ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
म्याङलुङ बजारबाट घर फर्कने क्रममा प्रदेश १–०२–००३ त १२१२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोँही ठाउँका २२ वर्षीय किशोरकुमार विश्वकर्माको मृत्यु भएको हो ।
यस्तै, दुर्घटनामा सहचालक महेशकुमार विश्वकर्मा घाइते भएका छन् । उनको उपचारका लागि वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ ।
चालकले मादपपदार्थ सेवन गरेका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरिक्षक कोमल ठाकुरले जानकारी दिनुभयो ।
ट्याक्टर दुर्घटना स्थलबाट करिब ६० मिटर तल खसेर क्षतविक्षत अवस्थामा रहेको समेत उहाँले बताउनुभयो ।
ट्याक्टर चालक सुवास विश्वाकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्