
तनहुँ । जिल्लाको दमौलीमा भएको महिला खुला हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजुले जितेकी छन् ।
एक घण्टा ५५ मिनेट १२ सेकेण्डमा २१ किलोमिटरको दूरी पार गर्दै उनले उपाधि हात पारेकी हुन् । कोजुले उपाधिसहित नगद ४१ हजार रुपैयाँ, मेडल र प्रशंशापत्र प्राप्त गरेकी छन् ।
यस्तै नेपाल प्रहरीकी रेखावम विष्टले दुई घण्टा ११ मिनेट २३ सेकेण्डमा दूरी पार गर्दै दोस्रो हुँदा व्यास नगरपालिका–१० की नम्रता गुरुङ तेस्रो भइन् ।
११२औं महिला श्रमिक दिवसको अवसरमा वेदव्यासको जन्मभूमी तनहुँसुरको पर्यटन प्रवर्द्धनका लागि व्यास नगरपालिकाले प्रतियोगिता आयोजना गरिएको हो ।
हाफ म्याराथन प्रतियोगिता व्यास गुफादेखि सुरु भएर भोर्लेटारचोक, तालघरे, सेरा, जामुन हुँदै तनहुँसुरसम्म पुगेको थियो । प्रतियोगितामा ४८ जना महिला धावक सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्