१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनकुटामा लोपोन्मुख स्थानीय कुखुराको संरक्षण


104
Shares

धनकुटा । पाख्रीबासको कृषि अनुसन्धान केन्द्रले लोपोन्मुख स्थानीय जातका कुखुरा संरक्षणको काम थालेको छ ।

पछिल्लो समय गाउँमा सेखिमे, प्वाँखउल्टे, घाँटीखुईले र अफिल जस्ता स्थानीय जातका कुखुरापालन हुन छाडेपछि संरक्षणका लागि अनुसन्धान केन्द्रले काम थालेको हो ।

बजारमा स्थानीय कुखुराको माग उच्च भए पनि व्यावसायिक स्थानीय कुखुरापालन नहुँदा त्यसको परिपूर्ति हुन सकिरहेको छैन ।

ब्रोइलर कुखुरापालनबाट छोटो समयमै धेरै आम्दानी लिन सकिने भएपछि स्थानीयले पनि स्थानीय जातका कुखुरापालनमा चासो दिन छाडेका छन् ।

सेखिमे, प्वाँखउल्टे र घाँटीखुईले नेपालका रैथाने प्रजातिका कुखुरा हुन् । यसमा पनि प्वाँखउल्टे कुखुरा लोपोन्मुख अवस्थामा रहेको केन्द्रले जनाएको छ ।