
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले महिलाहरुलाई प्रतिनिधि सभामा सिट आरक्षण गरिनुपर्ने बताउनुभएको छ ।
मन्त्री यादवले महिलाहरुको राजनीतिक सहभागिता वृद्धि गर्नका लागि प्रतिनिधि सभा निर्वाचनमा आरक्षण सिटको व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले महिलाहरुले राजनीतिमा गरेको योगदानको उचित मुल्यांकन हुनुपर्ने पनि बताउनुभयो । मन्त्री यादवले महिलाहरुलाई राजनीतिक प्रतिस्पर्धामा ल्याउन नसके उनीहरुको क्षमता अभिवृद्धि हुन नसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्