९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


महिलालाई अगाडि बढाउन राजनीतिक दलले ध्यान दिनुपर्छ : आरजु राणा


260
Shares

काठमाडौं । नेपाली कांग्रेसकी केन्दीय सदस्य डा. आरजु राणाले राजनीतिमा योगदान गरेका महिलाहरुलाई अगाडि बढाउन राजनीतिक दलले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘महिलाको राजनीतिक सहभागिता ः चुनौती र अगाडीको बाटो’ विषयक अन्र्तक्रियामा बोल्दै राणाले राजनीतिमा योगदान गरेका महिलाहरुलाई अगाडि बढाउन राजनीतिक दलले ध्यान दिनुपर्ने बताउनुभयो हो ।

उहाँले अग्रजहरुसँग सम्पर्कमा रहने र सम्मान गर्नुपर्ने पनि उहाँले बताउनुभयो । केन्द्रीय सदस्य राणाले आफ्नो सन्तानलाई महिलालाई सम्मान गर्न सिकाउनुपर्ने बताउनुभयो ।

उहाँले महिलाहरु आफ्नो अधिकार प्राप्तिको निम्ति सचेत हुनुपर्ने बताउनुभयो ।