१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कुकुरकाे आक्रमणले पाँच वर्षीय बालककाे अनुहारमा सय टाँका


351
Shares

काठमाडौं । भारतको राजस्थानको भिलवाडा जिल्लास्थित कालुखेडा गाउँका एक पाँच वर्षीय बालक कुकुरकाे आक्रमणमा परेका छन् ।

घरबाहिर खेल्दै गरेका बालकलाई कुकुरकाे आक्रमण गर्दा अनुहारमा गम्भीर चाेट लागेकाे छ । २० देखि २५ सेकेन्डमा कुकुरले बालकलाई गम्भीर घाइते बनाएकाे आजतकले लेखेकाे छ ।

उपचारका लागि अस्पताल पुगेका उनकाे अनुहारमा १ सयवटा टाँका लगाउनुपरेकाे समाचारमा उल्लेख छ । बालकाे आँखा, नाक र ओठ मिलाएर शल्यक्रिया गर्न चिकित्सकलाई डेढ घण्टा समय लागेकाे थियाे । बालककाे अवस्था देखेर चिकित्सकहरू अचम्ममा परेका थिए ।

अहिले भने बालक खतरामुक्त रहेकाे डाक्टरले बताएका छन् । बालकको नाक र टाउकोको छाला मर्मत गरिएकाे छ । डाक्टर राजेश जैनले बालकको अनुहारको छाला कुकुरले टाेकेकाे बताएका छन् ।

शल्यक्रिया गरेर टाउकोको छाला घुमाएर अगाडिको टाउकोमा लगाइ नाकको छाला पूरै मर्मत गरिएकाे डा‍क्टर जैनले बताए । नाकलाई मौलिक आकारमा ल्याउने प्रयास गरिएको र हाल बालकलाई आईसीयूमा राखिएकाे छ भने उनकाे अवस्था खतरामुक्त रहेकाे छ ।‍