१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेकपा समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु


104
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा नेकपा (एस) को केन्द्रीय कमिटीको बैठक अहिले सुरु भएको नेकपा (एस) का नेता प्रेमलकुमार खनालले ईमेजखबरलाई जानकारी दिनुभएको हो ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले पछिल्लो राष्ट्रिय राजनीति घटनाक्रमको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने र सोही प्रतिवेदनमाथि गहन रुपमा छलफल हुने उहाँले बताउनुभयो । सो बैठक दुई दिनसम्म चल्ने भएको छ ।

पार्टीले आगामी स्थानीय तह निर्वाचनका सन्दर्भमा लिइने रणनीति र यही फागुन १५ गते प्रतिनिधि सभाबाट पारित भएकाे एमसीसीकाे विषयमा पनि बैठकमा छलफल हुनेछ ।

नेकपा (एस) को यही फागुन २३ गते बसेको बैठकले बुधबार केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेकोथियो ।