
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ ।
अर्थतन्त्रलाई गलत ढंगले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको भन्दै खानविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरिएको हो ।
खानविरुद्धको अविश्वास प्रस्ताव पाकिस्तानको तल्लो सदन नेसनल एसेम्बली सचिवालयमा दर्ता भएको पाकिस्तानी न्युज एजेन्सी पीटीएले जनाएको छ । अविस्वासको प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज (पी.एम.एल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का १ सय सांसदहरुले हस्ताक्षर गरेका छन् ।
सन् २०१८ मा सत्ता सम्हालेपछि खाानले यस्तो चुनौति सामना गर्दै आउनु भएको छ । गठबन्धनमा उहाँलाई समर्थन दिएका केही दलहरुले अविस्वासको प्रस्तावको पक्षमा मतदान गरेमा खान पदमुक्त हुने छन् । खानविरुद्ध अविस्वासको प्रस्ताव दर्ता हुनुअघि पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले नेतृत्व गरेको विपक्षीहरुको र्यालीमा हजारौं सहभागीले प्रधानमन्त्री खानविरुद्ध नाराबाजी गरेका थिए ।
३४२ सदस्य भएको नेसनल एसेम्बलीमा खानविरुद्ध लगाइएको अविस्वासको प्रस्ताव पारित हुन विपक्षीलाई १७२ मत आवश्यकत पर्छ । तर, विपक्षीले त्यो भन्दा बढी मत खानको विरुद्धमा रहेको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्