१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेलायतद्वारा रुसी विमान कब्जा


299
Shares

एजेन्सी । रुस र युक्रेनबीच युद्ध भइरहेको बेला बेलायतले एउटा रुसी विमानलाई कब्जामा लिएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको दुई हप्ता भएको छ । युक्रेन एक्लै रुससंग लडिरहेको छ । तर पनि उसले रुसी सेना समक्ष हार मानेको छैन । रुस र युक्रेनबीच युद्ध चर्किरहेकै बेलामा बेलायतले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै रुसी नागरिक चढेको एक विमानलाई कब्जामा लिएको हो ।

बेलायतका यातायात मन्त्रीले रुसी विमान कब्जा गरेको पुष्टि गरेका बीबीसीले जनाएको छ । बेलायतले रुसले युक्रेनमाथि आक्रमण गरेको केही दिन पछि नै यदि रुसी विमान वा चार्टर्ड विमान आफ्नो हवाइ क्षेत्रमा प्रवेश गरे त्यो अपराध हुने र कब्जा गर्ने घोषणा गरेको थियो । रुस र युक्रेनबीच युद्ध शुरु भएपछि रुसी विमानलाई बेलायतमा प्रतिबन्ध लगाइएको थियो । विमानमा रुसी धनाढ्यहरु रहेका र सो विमान रुसमा दर्ता नभएर लक्जेम्वर्गमा दर्ता भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । बेलायतले रुसमाथि धेरै प्रतिबन्धहरू लगाएको छ ।

बेलायतले विमान कब्जा गरेपछि रुस र बेलायतबीच तनाव बढ्न सक्ने पनि बीबीसीले जनाएको छ ।