
काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरी पुरुषतर्फ फेब्रुअरी महिनाको लागि आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा परेका छन् ।
पुरुषतर्फको मनोनयनमा दिपेन्द्रसँगै युनाइटेड अरब इमिरेट्सका भृत्या अरविन्द र भारतका श्रेयस ऐयर रहेका छन् ।
ओमानमा सम्पन्न आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका क्रममा दिपेन्द्रले नेपालका लागि ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले प्रतियोगितामा १ सय ५९ रन बनाउनुका साथै ६ विकेट समेत हात पारेका थिए ।
त्यसअघि नेपाल, युएई, ओमान र आरल्याण्ड सम्मिलित चारदेशीय टी–ट्वान्टी सिरिजमा समेत ३ खेलमा १ सय ४२ रन बनाउनुका साथै आयरल्याण्डविरुद्धको खेलमा चार विकेट हात पारेका थिए ।
प्लयेर अफ द मन्थ विजेता भोटिङको आधारमा छनोट हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्