१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रष्ट नीति नियम तर्जुमा गर्न सुन चाँदी व्यवसायीको आग्रह


169
Shares

काठमाडौं । सुन चाँदी व्यवसायीहरुले व्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम तर्जुमा गर्न सरकारसँग आग्रह गरेका छन् ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेम कुमार श्रेष्ठ सँग भेटगरी उक्त आग्रह गरेको हो ।

अध्यक्ष शाक्यले सरकारले सुन चाँदी कारोबारको निर्देशिका बनाएमा त्यसलाई अक्षरस पालनागरी अगाडि बढ्न व्यवसायीहरु तयाररहेको बताउनुभयो ।

आफुहरुले दशौं बर्षदेखि यस विषयमा आवाज उठाउँदै आएको भएपनि हालसम्म त्यसको सम्बोधन हुन नसकेको उहाँको भनाई छ । महानिर्देशक श्रेष्ठले यसकालागि विभिन्न सरकारी निकायसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्तगर्नुभयो ।

मुनाफा, ज्यालाजर्ती, टोलसेन्स जस्ता बिषयमा नीतिगत अस्पष्टताले अप्ठ्यारो पर्ने गरेको उनीहरुको भनाइ छ । सुनको कोटा बढाउनुपर्ने माग गर्दै आएका व्यवसायीहरु कोटा थप घटेपछि मर्कामा परेको बताउँदै आएका छन् ।