८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


स्थानीय तहलाई आत्मनिर्भर बनाए मात्रै मुलुकको विकास हुन्छ : अर्थमन्त्री शर्मा


156
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहलाई आत्मनिर्भर बनाउन सके मुलुकले विकासको फड्को मार्ने बताउनुभएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगका पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले संघीयतालाई सुधार गरी मुलुकको विकास गर्न स्थानीय तहलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहमा विकृति भए सुधार गर्नुपर्ने तर सध गाली गरेर खराब मात्रै देखाउन नहुने सुझाव दिनुभएको थियो ।

कोभिड महामारी नियन्त्रणमा स्थानीय तहले राम्रो भूमिका खेलेको उहाँले दाबी गर्नुभयो । आयोग अध्यक्ष बालानन्द पौडेलसहितका सदस्यले आगामी आर्थिक बर्ष ०७-८० को बजेट निर्माणमा सघाउ पुग्ने गरी ‘अन्तर–सरकारी बित्तिय सम्बन्ध’ का बिषयमा प्रस्तुती दिनुभएको थियो ।

प्रस्तुती अपूर्ण भएको र थप सुक्ष्म ढङ्गले सुझाव पेश गर्न अर्थमन्त्री शर्माले निर्देशन दिनुभएको छ । संघीय प्रणालीमा हाल कायम संरचनामा कुनै फेरबदल नगरी मुलुकको विकासमा ध्यान दिनुपर्नेमा उहाँले निर्देशन दिनुभयो ।

ठूलो त्याग र संघर्षबाट नेपालको विकासको संभावना र अनुभवका आधारमा अंगालेको प्रणालीलाई अवमूल्यन गरेर होइन, विकास गरेर अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।