
web pic
काठमाडौं । दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
गौरीशङ्कर गाउँपालिका–४ भ्याकु गोर्पाङमा ना ६ त २७७५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा भ्याकु बस्ने ३३ वर्षीय लीलाबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
गोर्पाङबाट ढुंगा लिएर भ्याकु जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्