१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन फागुन २८ मा


130
Shares

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन फागुन २८ गते तोकिएको छ ।

कांगे्रेसको केन्द्रीय निर्वाचन समितिले सर्लाही जिल्लाको अधिवेशन गराउन खटाएको निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले बुधबार सूचना निकालेर २८ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जानकारी गराउनुभएको हो ।

सूचनामा २८ गते पब्लिक माध्यमिक विद्यालय मलंगवालाई नै मतदानस्थल तोकिएको छ ।

यसअघि फागुन २३ गते मतदानको सम्पूर्ण तयारी भइसकेको अवस्थामा पार्टीको संस्थापन र संस्थापन इतर समूहको विवादले मतदान नै स्थगित भएको थियो ।