२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


फागु पूर्णिमा आगमनको संकेत स्वरुप बसन्तपुरमा ठड्याइयो ध्वजासहितको चीर


143
Shares

काठमाडौं । फागु पूर्णिमाको आगमनको संकेत स्वरुप काठमाडौंको बसन्तुपुरमा आज चीर ठह्याइएको छ ।

बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज बिहान ७ बजेको शुभ साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको तीन तले चीर ठड्याएका हुन् । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो ।

चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुर्‍याई दाह गरेपछि होली समाप्त हुन्छ ।

आज पशुपतिनाथ, हनुमान ढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्रांगणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

यस वर्षको होली पर्वको मुख्य दिन चैत ३ र ४ गते परेको छ । ३ गते पहाडी तथा हिमाली भेगमा र ४ गते तराईमा होली मनाईदैछ ।