१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मोटरसाइकल चोरीमा संलग्न गिरोह सार्वजनिक


117
Shares

झापा । झापामा मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरी बिहीबार सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले उनीहरुलाई मोटरसाइकलसहित सार्वजनिक गरेको हो ।

प्रहरीले भद्रपुरका २१ वर्षीय प्रकाश सहनी, सोही ठाउँका २४ वर्षीय प्रकाश दर्जी, भद्रपुर ७ का २१ वर्षीय दीपक उराउ, भद्रपुर ७ कै २२ वर्षीय दिनेश राजवंशी, भद्रपुर १ का ३० वर्षीय विर्ख लिम्बू र भारत किशनगञ्ज वीरखोर घर भई हाल भद्रपुर बसोवास गर्ने १९ वर्षीय मोहमद समिमलाई सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेका मध्ये भद्रपुर ७ का प्रकाश सहनी र दर्जी विभिन्न स्थानबाट चोरि भएका मोटरसाइकल बेचविखन गर्ने ठाउँसम्म पुर्‍याउने कार्यमा सम्लग्न भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, भारत किशनगञ्ज वीरखोर घर भई हाल भद्रपुर बसोवास गर्ने १९ वर्षीय मोहमद समिमले भद्रपुरमा समिम ग्यारेज सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चोरीमा सम्लग्न गिरोहले चोरी गरी ल्याइएका मोटरसाइकलको पाठ पूर्जा र नम्बर प्लेट परिर्वतन गरी बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।