
काठमाडौं । नेपाल चिकित्सक संघले स्थायी चिकित्सकको दरबन्दी थप गर्न सरकारलाई आग्रह गरेको छ ।
संघले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी जनसंख्याको अनुपातमा चिकित्सकको दरबन्दी थप गर्न माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।
संघले चिकित्सकको सेवा सुविधा र पारिश्रमिक बढाउनु पर्ने भन्दै चिकित्सा सेवा आयोग गठन गर्न पनि माग गरेको छ । स्थानिय तहमा कार्यरत चिकित्सक जिवनभर नै स्थानिय तहमा रहनुपर्ने बाध्यतालाई अन्त्य गर्न पनि संघले ज्ञापनपत्र मार्फत आग्रह गरेको छ ।
सबै चिकित्सकलाई संघ अन्र्तगत नै राखेर प्रदेश र स्थानिय तहमा परिचालन गर्न संघको माग छ । एमबिबिएस अध्ययन सकेका इन्टन चिकित्सकलाई मेडिकल अफिसरले प्राप्त गर्ने मासिक पारिश्रमिकको ७५ प्रतिशत प्रदान गर्न आग्रह गरिएको छ । हाल देशभर दरबन्दीका १४ सय चिकित्सक छन् ।
प्रतिक्रिया दिनुहोस्