८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


कपिलवस्तुमा सडकको नालीको ढक्कन अझै बन्न सकेन्


104
Shares

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटा कृष्णनगर सडक निर्माण तीव्र रुपमा भइरहेको भएपनि सडककाे नाली भने अझै बन्न सकेकाे छैन ।

सडक निर्माण गर्दा नाली बनेपनि ढक्कन नबन्दा निर्माण काम सुरु भएदेखि नै नागरिकरलाई समस्या भएको छ । नालीमा ढक्कन नहुदाँ बालवालिका दैनिक रुपमा नालीमा खस्ने गरेका छन् । नालीमा ढक्कन नहुँदा छाडा चौपायामा समेत नालीमा खस्ने गरेको स्थानीवासीले बताएका छन् ।

मुख्य बजार मानिने चन्द्रौटा,बहादुर गञ्ज,कृष्णनगरमा नाली बनेपछि थप जोखिम बढेको छ । नाली बन्नु राम्रो कुरा भएपनि ढक्कन नहुदाँ वृद्धवृद्धा तथा वालवालिकालाई समस्या परेको स्थानीय रामपाल कुर्मीको भनाइ छ ।

सुरुमा नाली बनाउने योजना नभएपनि पछि १ किलोमिटर नाली बनाउन थप गरिएको योजना परामर्श सेवाका ईन्जिनियर रमेशलाल श्रेष्ठले बताउनुभयो । सबै ठाउँमा ढक्कन नभएपनि घर तथा सडक पास हुने ठाउँमा ढक्कन राखिने उहाँले बताउनुभयो ।

ढक्कन राख्न केही ढिलाई भएको स्विकार गर्दै ठेगदार कम्पनीलाई पटक-पटक भनेको उहाँले बताउनुभयो । यता निर्माणका जिम्मा पाएको दिनेशचन्द्र कालिका जेभिले नालीको ढक्कन बनाउने योजना नरहेको बताएको छ ।

केही प्राविधिक त्रुटीले अहिले ढक्कनको काम रोकिएकाले आयोजनाले उक्त त्रुटी सच्याएमा ढक्कन बनाउन सकिने योजना परामर्श सेवाका ईन्जिनियर रमेशलाल श्रेष्ठले बताउनुभयो ।