
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक चैत ९ र १० गते बस्ने भएको छ ।
चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्यूरोको बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।
वैशाख ३१ गते हुने स्थानीय तह चुनावको तयारी तथा चुनावमा पार्टीले अबलम्बन गर्ने रणनीतिका विषयमा केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ ।
सत्तारुढ दलभित्र चुनावी तालमेल गर्ने विषयमा छलफल चलिरहेको बेला एमाले एक्लै चुनावमा लड्ने बताउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्