
काठमाडौं । नेपालमा पहिलो पटक नेपाल विगेस्ट एण्ड द फस्र्ट नेप हप टिभी रियालिटी शो श्रीपेज प्रसारणमा आएको छ ।
र्यापरमा लागेका प्रतिभालाई अवसर दिन यो सोले महत्वपूर्ण योगदान पुर्याउने दाबी गरिएको छ । ओ यस आर डिजिटल पाटर्नर रहेको यो सो फागुण १६ गतेबाट हरेक मंगलबार र बुधबार राती ८ बजेदेखि ९ बजेसम्म ईमेज च्यानलमा प्रसारण भैरहेको छ । यो सोले सम्भावना बोकेका प्रतिभाहरुलाई देशको कुना कुनाबाट छानेर ल्याएको र छोटो समयमै राम्रो प्रतिक्रिया आएको निर्देशक निकेश खड्काले बताउनुभयो ।
नेप हपको श्रीपेज य्राप र म्युजिक सो हो । र्यापरमा लागेका युवायुवतीको प्रतिभालाई यसले राम्रो अवसर दिने कार्यक्रमका निर्माता सुदिप पोख्रेल बताउनुहुन्छ । यस रियालिटी सो ले समाजलाई परिवर्तन गर्न समेत सहयोग पुर्याउने फुल सर्कल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सोना अमात्यले दाबी गर्नुभयो ।
यो नयाँ किसीमको कार्यक्रम भएकाले सफलता प्राप्त हुनेमा आशाबादी रहेको इमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आर के मानन्धरको विश्वास छ ।
कार्यक्रममा जजको रुपमा भने गिरीश खतिवडा, बालेन शाह र मानश घले रहेका छन् । कार्यक्रममा रियालिटी शो नेपहपको श्रीपेजको दोस्रो प्रोमो पनि सार्वजनिक गरिएको थियो । प्रतिस्पर्धाबाट छानिएका विजेताले १० लाख नगद र उपविजेताले ५ लाख र अन्य सुविधा पाउने जनाइएकोछ । यो सो डि म्युजिक टिभीमार्फत पनि प्रसारणमा आउने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्