
काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ ।
उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि परीक्षा स्थगित गरिएको हो ।
विभागले आज शनिबार दिउँसो २ बजे भन्सार एजेन्टको इजाजत पत्रको लागि लिखित परीक्षा गर्ने तयारी गरेको थियो । तर, उच्च अदालत पाटनबाट फागुन २६ मा विभाग समेतको नाममा चैत ६ गतेसम्म स्थगित गर्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी भएको विभागले जनाएको छ ।
भन्सार एजेन्टको इजाजत पत्रको लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको विभागले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्