
म्याग्दी । जिल्लाका अग्रज पत्रकार एवं ईमेज टेलिभिजनका म्याग्दी सम्वाददाता ध्रुवसागर शर्माकाे परिवारले दिवङ्गत छोरीको स्मृतिमा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकाे छ ।
बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयमा शर्मा र श्रीमती अम्बिका शर्माले दिवङ्गत छोरी विनिता शर्माको स्मृतिमा १ लाख रुपैयाँकाे अक्षयकाेष स्थापना गरेका हुन् ।
शर्मा दम्पत्तीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर रिजाल र प्रअ छेमबहादुर गर्बुजालाई नगदका साथै विद्यार्थीका लागि शैक्षिक सामग्री समेत हस्तान्तरण गरेका हुन् ।
आन्द्राको क्यान्सरबाट थलिएकी २१ वर्षीया विनिताको फागुन १० गते भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
छोरीकाे उपचारका लागि आफन्त, सहकर्मी, संघसंस्थाबाट २२ लाख ८० हजार रुपैयाँ सहयाेग प्राप्त भएकाेमा उपचारपछि ६३ हजार रुपैयाँ बचेकाे थियाे । साेही रकममा ३७ हजार रुपैयाँ थपेर विनिताकाे सम्झनामा अक्षयकोष बनाएकाे शर्माले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्