२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


माओवादी केन्द्र संकटमोचनको अवस्थामा छ : अध्यक्ष दाहाल


247
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा माओवादी संकटमोचनको अवस्थामा रहेको बताउनुभएको छ ।

शनिबार नुवाकोटको विदुरमा स्वर्गीय नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्दै अध्यक्ष दाहालले आफूले युद्धलाई शान्तिदेखि संविधानको बाटोमा ल्याउन असाधारण भूमिका खेलेको जिकिर गर्नुभयो ।

शान्ति सम्झौता विशेषगरी सेना समायोजनमा आफूले ठूलो जोखिम मोलेको उहाँले बताउनुभयो । इतिहासमा डरलाग्दो दबाव र धम्की आफूले झेलेको भन्दै अध्यक्ष दाहालले इतिहास र जनताले सत्य के हो एक दिन मूल्याङ्कन गर्ने बताउनुभयो ।

एमसीसीमा विभाजित राजनीति र देशलाई एकतावद्ध गरिएको भन्दै उहाँले १२ बुँदे घोषणाले नयाँ बाटो निकालेको उल्लेख गर्नुभयो । माओवादी देशलाई निकास दिन अगाडि बढ्नुपर्ने मुख्य दायित्वमा भएको उहाँको भनाइ छ ।

कार्यक्रममा अध्यक्ष दाहालले स्वर्गीय नेता बोगटीको राजनीतिक निष्ठा र चरित्रका बारेमा चर्चा गर्दै बोगटीको जीवनबाट सबैले राजनीतिक प्रेरणा पाएको उल्लेख गर्नुभयो ।