१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशका केही स्थानमा मेघगर्जन-चट्टयाङ्ग र वर्षाको सम्भावना


806
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव रहेकोछ।

आज (आइतबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेकोछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ । त्यस्तै, प्रदेश-१ र गण्डकी प्रदेश का पहाडी भू-भागका केही स्थानमा मेघ-गर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोछ।

त्यस्तै, देशका पूर्वी हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती भने देशका गण्डकी प्रदेश र प्रदेश-१ का पहाडी भू-भागमा भने आंशिक बदली रहनेछ ।

बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।