
काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठकमा अवरोध नगर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा पनि एमालेका सांसदहरुले अवरोध गरेपछि सभामुख सापकोटाले अवरोधका कारण अरु दलका सांसदहरुले जनता र राष्ट्रका समस्यामा संसदमा छलफल गर्न नपाएको भन्दै आफूलाई पटक–पटक ध्यमाकर्षण गराएका भन्दै संसद बैठक अवरोध नगर्न आग्रह गर्नुभएको हो ।
उहाँले संसदमा विचाराधिन रहेका ४२ विधेयकहरुलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्याहरु जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने कार्यहरु समेत अवरोधका कारण प्रभावित हुन पुगेको भन्दै विचाराधिन विधेयकहरुलाई नियमानुसार पारित गरी राज्यसंचालनमा सहयोग गर्नु सवैको दायीत्व उल्लेख गर्नुभयो । संसद अवरोधका कारण बिधि निर्माण प्रकृया प्रभावित भएकोमा जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकोमा सांसदहरुले आफूलाई पटक– पटक ध्यानाकर्षण गराएका भन्दै संसदलाई प्रभावकारी बनाउन आमरुपमा प्रश्न उठिरहेको सभामुखको भनाई छ ।
उहाँले अबरोध अन्त्य गरी संसद सञ्चालनमा सहयोग गर्न सांसदहरुलाई अनुरोध गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्