१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इंग्लीश प्रिमियर लीगमा चेल्सी र आर्सनल विजयी


104
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनल विजयी भएका छन् ।

तालिकाको तेस्रो स्थानमा रहेको चेल्सीले गएराति आफ्नै मैदानमा भएको खेलमा न्युकासल युनाइटेडलाई १–० ले हराएकाे हाे।चेल्सीको जितमा काई हाभर्ट्जले ८९ औं मिनेटमा निर्णायक गोल गरेकाथिए । गएराति भएको अर्को खेलमा आर्सनलले लेस्टर सिटीलाई २–० ले हराएकाेथियाे ।

खेलमा आर्सनललाई विजयी गराउन थोमस पार्टे र अलेक्जेण्डर लाकाजेट्ले १-१ गोल गरेका थिए । प्रिमियर लिगकौ अर्को खेलमा वेष्ट ह्याम युनाइटेडले एस्टन भिल्लामाथि २/१ को जित निकालेकाेथियाे। यो खेलमा वेष्ट ह्यामको लागि निर्णायक गोल गरेपछि युद्धग्रस्त मुलुक युक्रेनका खेलाडी यार्मोलेन्को निकै भावुक बनेकाथिए ।

प्रिमियर लिगकै अन्य खेलहरुमा वुल्भर ह्याम्पटन वान्डरर्सले एभर्टनलाई १–० ले हराउँदा लिड्स युनाइटेडले नरिच सिटीमाथि तथा वाट्फोर्डले साउथ ह्याम्प्टनमाथि २–१ को जित निकालेका हुन् ।