१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


कांग्रेसले गर्‍यो गण्डकी प्रदेशसभा बैठक अवरोध


0
Shares

पोखरा, फागुन २८ । सरकारले आफुसँग गरेका बाचा पूरा नगरेको भन्दै कांग्रेसले गण्डकी प्रदेशसभामा अवरोध गरेको छ । बुधबार बसेको बैठक कांग्रेसको अवरोधले स्थगित भएको छ ।

प्रदेशसभा सचिवालयसम्बन्धि विधेयक र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा कांग्रेसको असहमति छ ।

प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा कतिपय बुँदाप्रति असहमति जनाउँदै विधायन समितिबाट गत १३ फागुनमा बहुमत आधारमा पास भएको थियो ।

उक्त प्रस्तावसँगै सरकारका गतिविधिको विरोध गर्दै काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले विधेयक संशोधन नभएसम्म संसद् चल्न नदिने बताए ।