
काठमाडौं, फागुन २८ । निरन्तर उकालो लागिरहेको सुनको मूल्य बुधबार सामान्य कमी आएको छ ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै बुधबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले रुपैयाँले घटेर ८२ हजार ३ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार २ सयले उकालो लागेर ८२ हजार ७ सयको उचाई कायम भएको थियो ।
यस दिन चाँदीको भाउ भने ८ सय ८० मै स्थीर रह्यो । यतिखेर अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंन्स १६ सय ६० डलर हाराहारीमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्