१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


कारागारमा कोरोनाको चेकजाँच


0
Shares

काठमाडौं, फागुन २८ । कारागारहरुमा कोरोनाभाइरस संक्रमण हुन नदिन कारागार व्यवस्था विभागले देशका विभिन्न कारागारका कैदी बन्दीलाई भेट्न जानेहरुको तापमान नाप्न थालेको छ ।

केन्द्रीय कारागारका प्रमुख लक्ष्मी प्रसाद बाँस्कोटाले कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी रहेकोले कोराना संक्रमण नहोस भनेर सावधानी अपनाइको जानकारी दिए ।

केन्द्रीय कारागार हातामा स्वास्थ्यकर्मीहरुबाट चेकजाँच गर्ने गरिएको छ ।

थर्मो गर्नसमेत सरकारले उपलब्ध नगराएकाले थर्मामिटरले नै तापमान मापन गर्ने गरिएको छ । यसैगरी कैदीबन्दीलाई भेट्न आउने जोकोहीले पनि अनिवार्य मास्क प्रयोग गर्न लगाइएको छ 

हाल केन्द्रीय कारागारमा ३ हजार १ सय कैदीबन्दी र ११ बालबालिकासहित ३ हजार २ सय ६२ रहेका छन् ।