१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


नेपालमा कोरोनाभाइरसको उच्च जोखिम कायमै


0
Shares

काठमाडौं, फागुन २८ । सरोकारवालाहरुले कोरोनाभाइरस संक्रमणको जोखिम नेपालमा अझै कायम नै रहेको जनाएका छन् ।

सञ्चार तथा प्रविधि मन्त्रालयले बुधबार गरेको छलफल कार्यक्रममा उनीहरुले चीनमा जोखिम कम हुदै गए पनि नेपालको जोखिम टरिनसकेको बताएका हुन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक डा. हेमन्त ओझाले नेपाल कोरोनाको उच्च जोखिमका रहेको बताए ।

नेपालमा हालसम्म ४ सय ४५ जनामा कोरोना भाइरसको परीक्षण गरिएको र तीमध्ये एक जनामा मात्र संक्रमण देखिएको भन्दै डा.ओझाले जोखिम रहेकाले तयारी अवस्थामा बस्नुपर्ने बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले ४१ नाकामा हेल्थ डेस्क राखिएको र प्रत्येक आन्तरिक विमान स्थलमा समेत कोरोना भाइरस परीक्षण हुने गरेको जानकारी दिए ।