१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


तीन महिनासम्म सबै काम बालुवाटारबाट


0
Shares

प्रज्ञा तिमल्सीना र सानु माली (इमेज)

प्रधानमन्त्री निवास बालुवाटारमा सरसफाई र आवश्यक प्रबन्ध मिलाएपछि मात्रै प्रधानमन्त्री ओली अस्पतालबाट निवासमा फर्कने छन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएको ब्यक्तिमा संक्रमणको उच्च जोखिम हुने भएकाले प्रधानमन्त्री ओलीलाई बाहिरी सम्पर्कबाट टाढै राख्ने गरी प्रबन्ध मिलाउने काम शुरु भएको हो ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओली सामान्य अवस्थामा फर्कन ६ महिना देखी १ बर्ष समय लाग्ने चिकित्सकहरुले बताईसकेका छन् ।

त्यति मात्रै होइन प्रधानमन्त्री ओलीमा संक्रमणको उच्च जोखिम रहने हुँदा उनी भेटघाट र वैठक जस्ता क्रियाकलापबाट समेत टाढै बस्नु पर्ने छ ।

चिकित्सकहरुले एक महिना सम्म त बाहिर हिंडडुल गर्न समेत नहुने बताएका छन् । त्रिवि शिक्षण अस्पतालले मंगलवार गरेको विशेष पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटबाटै सवै काम गर्न मिल्ने गरी प्रवन्ध गर्न लागिएकाले डिस्चार्जको समय लम्बिएको बताउनु भएको थियो ।

प्रधानमन्त्री निवास वालुवाटारमा सरसफाईको काम पनि सुरु गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहार सुर्य थापाले तीन महिनासम्म वालुवाटर वाटै काम गर्ने तयारी स्वरुप प्रबन्ध मिलाउने काम भईरहेको भन्दै मन्त्री परिषद्को वैठक लगायतका काम बालुवाटारबाटै हुने बताए ।

थापाका अनुसार प्रधानमन्त्री ओलीसँग अब सहजै भेटघाट गर्न सकिने छैन् । बाहिरका मानिसहरु प्रधानमन्त्रीको सम्र्पकमा नआउन् भनेर प्रवन्ध मिलाउन लागिएको तर कुनै मेडिकल प्रवन्ध भने नभएको थापाको दाबी छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण आफैंमा चुनौतीपूर्ण भएकाले विरामीले उच्च सतर्कता अपनाउनु जरुरी हुन्छ । तर देशको कार्यकारी पदमा रहेको व्यक्तिले बाहिरी सम्पर्कबाट टाढै रहेर कत्तिको संभव होला भन्ने जिज्ञासा भने सर्वत्र उत्पन्न भएको छ ।