
काठमाडौं, फागुन २९ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा पछिल्लो साता करिब २० प्रतिशतले कमी आउँदा नि नेपाली उपभोक्ताले महँगोमा किन्नुपरेको छ ।
पेट्रोलियम पदार्थ आयातमा सरकारले उच्च कर लगाएपछि नेपाल निगमले नाफा राखेर महँगो मूल्यमा बिक्री गर्दा त्यसको भार उपभोक्तालाई परेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सन् २०१९ को डिसेम्बार ३० मा प्रतिब्यारेल ६३.०५ डलर पुगेको कच्चा तेलको मूल्य बुधबार करिब आधा घटेर ३४.६५ डलरमा झरेको छ ।
साढे दुई महिनाको अवधिमा तेलमो मूल्यमा भारी गिरावट आए पनि नेपाली उपभोक्ताले त्यसको फाइदा लिन पाएका छैनन् । उपभोक्ता चर्को मूल्यमा इन्धन किन्न बाध्य छन् ।
बुधबार काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर एक सय आठ रुपैयाँ छ । त्यस्तै डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ छ । (नागरिक दैनिक)
प्रतिक्रिया दिनुहोस्